logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सेयर बजारमा झिनो अंककाे सुधार, १ अर्ब ७८ करोड बढीकाे काराेबार

    सेयर बजारमा झिनो अंककाे सुधार, १ अर्ब ७८ करोड बढीकाे काराेबार

    559
    SHARES
    सेयर बजारमा झिनो अंककाे सुधार, १ अर्ब ७८ करोड बढीकाे काराेबार

    काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य बढोत्तरी भएको छ। आज बजार ३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०८९.८४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२५ अंकले बढेर ३९९.५४ को विन्दुमा पुगेको छ। कारोबार हिजाको तुलनामा घटेर १ अर्ब ७८ करोड रुपैयाँको भएको छ।



     

    आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। यो दिन व्यापार समूह सर्वाधिक १.८१ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.५८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.४५ प्रतिशत, लगानी समूहमा ०.१५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२८ प्रतिशत, लघुवित्त समूहमा ०.२८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२४ प्रतिशतको बढोत्तरी भएको छ।

     

    आज वित्त समूह सर्वाधिक १.५२ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.५८ प्रतिशत घट्दा विकास बैंक समूहमा ०.२० प्रतिशत, जलविद्युत समूहमा ०.५७ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.४५ प्रतिशतको गिरावट आएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ५१ लाख ३० हजार ५२० कित्ता सेयर १ अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०२ रुपैयाँमा किनबेच भएका छन्।

     

    यो दिन शिवम सिमेन्टको सर्वाधिक ९ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सीएचडीसीको ५ करोड ५४ लाख रुपैयाँबराबरको कारोबार भएको आज आईसीएपसी फाइनान्सको ५ करोड २ लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सको ५ करोड रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ९४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ९० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ४ करोड ६१ लाख रुपैयाँ, अपर तामाकोशीको ४ करोड ५८ लाख रुपैयाँ, सोल्टी होटेलको ४ करोड ४७ लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सको ३ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

     

    आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढीका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन प्रोग्रेसिभ फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • विहिबार, १८ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट