logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • त्रिविका प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन राख्न नदिएको खुलासा

    त्रिविका प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन राख्न नदिएको खुलासा

    559
    SHARES
    त्रिविका प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन राख्न नदिएको खुलासा

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन राख्न नदिएको खुलासा भएको छ ।



    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले बोकेर हिँडेको बताएका हुन् । शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै उनले सो मेसिन बोकेर हिँड्नेहरुलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो गरे ।

     

    उपकुलपति बास्कोटाले उनीहरुलाई कारबाहीका लागि काठमाडौँको कुनै एक होटेलमा आफूहरूले गरेको मिटिङको माईन्युट समेत सङ्गठनको आवरणमा केही मानिसहरूले लुटेर लगेको बताए । उनले विश्वविद्यालय राजनीतिक भागबन्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि पटक पटक दोहोर्‍याए ।

     

    उपकुलपति बास्कोटाले त्रिविका कतिपय विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको स्वीकार गर्दै अब उनीहरुलाई आवश्यकताको आधारमा अध्यापन कार्यमा खटाउने गरी विद्युतीय प्रणालीको व्यवस्था गरिएको बताए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १९ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट