काठमाण्डाै । विश्वमै सबैभन्दा बढी ईभी बिक्री गर्ने कम्पनी बीवाईडीले सन् २०२३ का लागि प्रतिष्ठित फर्चुन ग्लोबल ५०० को सूची अन्तर्गत २१२ नम्बरमा रहेर महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ । गत वर्ष भन्दा एकैपटक २२४ -याङक माथि बढेर यसले बजारमा महत्वपूर्ण उपस्थिति रहेको प्रमाणित गर्नुका साथै विश्वव्यापी रुपमा तीव्र रुपमा वृद्धि भइरहेको ईभी ब्रान्डको पहिचान समेत कायम गरेको छ ।
अटल समर्पण र ग्राहक समर्थन
बीवाईडीको ग्राहकप्रतिको अटल समर्पण र ग्राहक समर्थनले यसमा महत्वपूर्ण भूमिका खेलेको छ । गत वर्षको तुलनामा ९६.२ प्रतिशतको आम्दानी वृद्धि गरेर कम्पनीले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । न्यु इनर्जी सोलुसन उपलब्ध गराउने र हरित तथा दिगो विकास उपलब्ध गराउने प्रतिबद्धताले समेत यसमा भूमिका खेलेको बताएको छ ।
न्यु इनर्जी भेइकलतिर रुपान्तरणको नेतृत्व
विश्वकै सबैभन्दा ठूलो न्यु इनर्जी भेइकल निर्माता कम्पनीको रुपमा बीवाईडीले भिजनरी हाई–टेक व्यवसाय मात्र संचालन नगरी वातावरणीय तथा सामाजिक क्षेत्रलाई समेत सम्बोधन गर्ने प्रयास गरेको छ । बीवाईडीले पछिल्लो समयमा विकास भइरहेका ब्लेड ब्याट्री, डीएम–आई सुपर हाइब्रिड टेक्नोलोजी र ई–प्लेटफर्म लगायतका अत्याधुनिक प्रविधिहरु प्रयोग गरी अटोमोबाइल, रेल ट्रान्जिट, न्यु इनर्जी र इलेक्ट्रोनिक्स लगायतका व्यवसाय गरिरहेको छ । तथ्यांकले समेत यो कुरालाई प्रमाणित गर्छ । सन् २०२२ मा बीवाईडीले १८ लाख ६० हजार प्यासेन्जर भेइकल बिक्री गरेको थियो भने २०२३ को पहिलो हाफमा १२ लाख ५० हजार इलेक्ट्रिक भेइकल बिक्री गरिसकेको छ ।
विश्वव्यापी विस्तार र सहयोग
विश्वका ६ महादेशका ७० देश र ४०० सहरमा बीवाईडीको सेवा विस्तार भएको छ । विभिन्न ग्लोबल पार्टनरसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धामा समेत कम्पनी सहभागी भइरहेको छ ।
‘कुल द अर्थ बाई १ डिग्री सेल्सियस’ पहल
बीवाईडीले ‘कुल द अर्थ बाई १ डिग्री सेल्सियस’ का लागि पहल समेत गरिरहेको छ । जीवनस्तर र दिगो समाज विकासका लागि यो एक महत्वपूर्ण कदम हो । अत्याधुनिक न्यु इनर्जी सोलुसन उपलब्ध गराउने कम्पनीको यस प्रकारको प्रतिबद्धताले पनि फर्चुन ग्लोबल ५०० सूचीमा अगाडि बढाउन कम्पनीलाई सहयोग पुगेको मान्न सकिन्छ ।
एउटा कम्प्लिट सप्लाई चेन
बीवाईडीले कार मात्र उत्पादन गर्दैैन । बीवाईडीले लिथियम माइन्स र प्रोसेसिङ देखि ब्याट्री उत्पादन तथा इन–हाउस कम्प्युटर चिप युनिट सम्मको फुल सप्लाई चेन स्थापित गरेको छ । यो वाहेक फिनिस्ड प्रोडक्टलाई दक्षतापूर्वक निर्यात गर्नका लागि सबै सुविधा भएको कार सिपिङ अपरेसन समेत विकास गरिरहेको छ ।
ईभी बिक्रीमा रेकर्ड ब्रेक
बीवाईडीले लगातार रुपमा प्रत्येक महिना ईभी बिक्रीमा पहिले भन्दा बढी बिक्री गरी रेकर्ड कायम गरिरहेको छ । पछिल्लो जुलाई महिनामा समेत यही निरन्तरता कायम गरी लगातार तेस्रो महिनामा रेकर्ड ब्रेक गरिरहेको छ ।
प्राविधिक प्रगति र दिगो अभ्यासको प्रतिबद्धता
न्यु इनर्जी भेइकल उद्योगमा नेतृत्व गर्ने कार्यमा लगातार लागिरहेको कारण बीवाईडीका लागि प्राविधिक प्रगति र दिगो अभ्यासको प्रतिबद्धता अपरिहार्य छ । कम्पनीले प्राप्त गरिरहेको उच्चतम उपलब्धि र हरित भविष्यतिरको लगातारको प्रयासले आगामी दिनमा हाई–टेक र सस्टेनेबल मोबिलिटी सेक्टरमा ग्लोबल लिडर बनाउने अपेक्षा गर्न सकिन्छ ।
फर्चुन ग्लोबल ५०० को सूची अन्तर्गत २१२ नम्बरमा पर्नु बीवाईडीको असाधारण वृद्धि र न्यु इनर्जी सोलुसन उपलब्ध गराउने प्रतिबद्धताको परिणाम हो । यही क्षेत्रमा लगातार रहेर आगामी दिनमा समेत न्यु इनर्जी भेइकल उद्योगलाई माथि उठाउने र नयाँ पुस्ताका लागि हरित ग्रह बनाउने कार्यमा योगदान गर्न बीवाईडी प्रतिबद्ध भएको बताएको छ । बीवाईडीको इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध रहदै आएको छ । सो ब्रान्डलाई नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले उपलब्ध गराउदै आएको छ ।
अर्थ चाैतारी ।