logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • हिमालयन लघुवित्तद्वारा पीडितको ऋण मिनाहा र बीमा दाबी रकम भुक्तानी

    हिमालयन लघुवित्तद्वारा पीडितको ऋण मिनाहा र बीमा दाबी रकम भुक्तानी

    520
    SHARES
    हिमालयन लघुवित्तद्वारा पीडितको ऋण मिनाहा र बीमा दाबी रकम भुक्तानी

    काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाको रौतहटस्थित बंकुल शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ। रौतहटको राजपुर नगरपालिका–६ राजपुर कुरिया टोलमा रहेको केन्द्र नं. ८५ की सदस्य फुलकुमारी देवीका श्रीमान प्रभु ठाकुरको मृत्युपश्चात निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपल्बध गराइएको हो।



    सदस्य फुलकुमारी देवीले संस्थाबाट रु. १ लाख ५० हजार कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्युपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बीमाअन्तर्गत श्रीमानको मृत्युपश्चात दिइने काजकिरिया खर्च रु. २५ हजार तथा तिरेको किस्ता रकम रु. ८७ हजार ५०० समेत फिर्ता गरी जम्मा रकम रु.१ लाख १२ हजार ५०० निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक कुन्दनप्रसाद कुशवाहाले बताए।

    संस्थाले आफ्ना ग्राहक सदस्यको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्यअनुरुप आवश्यकताअनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ। दुःखको समयमा संस्थाले सहयोगस्वरुप रकम उपल्वध गराइदिएको भन्दै केन्द्रका सम्पूर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिए। रकम प्रदान कार्यक्रममा शाखाका तर्फबाट शाखा प्रबन्धक कुशवाहा तथा कर्मचारी सरोज चौधरी र सो केन्द्रका सञ्चालक उमेशकुमार यादव र सदस्यहरुको उपस्थिति रहेको थियो।


    अर्थ चाैतारी
  • विहिबार, २५ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट