logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • कक्षा १२ को नतिजा सार्वजनिक : ६ हजार ९७६ विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए

    कक्षा १२ को नतिजा सार्वजनिक : ६ हजार ९७६ विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए

    1.1K
    SHARES
    कक्षा १२ को नतिजा सार्वजनिक : ६ हजार ९७६ विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए

    काठमाण्डौ । कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव सदस्य सचिव दुर्गा अर्यालले २०७९ को तुलनामा ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएको बताए ।



    गत वर्ष ४ हजार १७९ विद्यार्थीले उक्त जीपीए ल्याएका थिए । त्यस्तै १ लाख ८२ हजार ९२६ विद्यार्थीले नन ग्रेडेड (एनजी) ल्याएका छन् । यो गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको सदस्य सचिव अर्यालले बताए ।

    गत वर्ष १ लाख ८८ हजार ४१० विद्यार्थीले एनजी ल्याएका थिए । जुन जम्मा विद्यार्थीको ५१.९० प्रतिशत थियो । यो वर्ष भने ४९.०९ प्रतिशत रहेको बोर्डले जनाएको छ । गत वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार आएको बोर्डले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट