logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • २०८१ असार मसान्त भित्र मर्जरमा जाने लघुवित्तलाई लाभांश वितरणमा राष्ट्र बैंकले थप सहुलियत दिने

    २०८१ असार मसान्त भित्र मर्जरमा जाने लघुवित्तलाई लाभांश वितरणमा राष्ट्र बैंकले थप सहुलियत दिने

    1.8K
    SHARES
    २०८१ असार मसान्त भित्र मर्जरमा जाने लघुवित्तलाई लाभांश वितरणमा राष्ट्र बैंकले थप सहुलियत दिने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २०८१ असार मसान्त भित्र मर्जरमा गई एकीकृत कारोबार गर्ने लघुवित्त वित्तिय संस्थाहरुलाई लाभांश वितरणमा सहुलियत दिएको छ । लघुवित्त क्षेत्रमा विभिन्न जोखिम देखिएपछि गत फागुनमा एक निर्देशन जारी गर्दै लाभांश वितरणमा कडाई गरिएको थियो । तर, अहिले आएर मर्जरमा सहभागी हुने लघुवित्तलाई भने लाभांश वितरणमा सहुलियत दिइएको हो ।



    हाल लघुवित्त वित्तिय संस्थाहरुले १५ प्रतिशत भन्दा बढी लाभांश (बोनस/नगद) लाभांश वितरण गरेमा १५ प्रतिशत भन्दा बढी हुने लाभांशको १० प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोष (सीएसआर) मा छुट्टाउनुपर्छ । गत फागुनमा जारी गरिएको निर्देशनले यस्तो व्यवस्था गरेको थियो । तर, मर्जरमा जाने लघुवित्तले एकीकृत कारोबार गरेको एक बर्षसम्म त्यस्तो रकम छुट्टाउन नपर्ने राष्ट्र बैंकले बिहीवार जारी गरेको निर्देशनमा उल्लेख छ । समग्रमा मर्जर गएका लघुवित्तलाई लाभांश वितरणमा सहुलियत दिइएको राष्ट्र बैंकको भनाइ छ । साथै, लघुवित्तहरुलाई थप मर्जरमा जान पनि प्रोत्साहन गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।

    यसअघि २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस ) वितरण गर्दा लघुवित्तले को प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरादायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो । यो गत फागुनमा वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा र १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था गरिएको थियो ।

    त्यसमा मर्जरमा जाने लघुवित्तले एक बर्षसम्म यस अन्तरगत सामाजिक सुरक्षा कोषमा पैसा छुट्टाउन पर्दैन, जसले लगानीकर्तालाई दिइने लाभांश केही बढ्न सक्नेछ । यद्यपि, मुनाफाको १ प्रतिशत रकम भने उनीहरुले सामाजिक उत्तरदायित्वमा छुट्टाउन पर्छ । यस्तै, एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिका कारण एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई साविक बमोजिमको भुक्तानी तालिका अनुसार तोकिएको सीमाभित्र ल्याउन सकिने राष्ट्र बैंकले जनाएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट