logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेप्से २०.५४ अंकले ओराले, १ अर्ब २६ करोड बढीको कारोबार

    नेप्से २०.५४ अंकले ओराले, १ अर्ब २६ करोड बढीको कारोबार

    1.4K
    SHARES
    नेप्से २०.५४ अंकले ओराले, १ अर्ब २६ करोड बढीको कारोबार

    काठमाण्डाै । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन बजार घटेसँगै नेप्से पुनः २००० विन्दुभन्दा तल झरेको छ। गत साताको दोस्रो कारोबार दिन पनि नेप्से २००० विन्दुभन्दा तल झरेको थियो।



     

    आइतबार नेप्से परिसूचक २०.५४ अंक घटेर १९९३.३८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार डेढ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २८० स्टकको ३८ हजार ६६६ पटकको कारोबारमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको ३८ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

     

    यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६ प्रतिशत बढेको छ। कारोबारमा आएको मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.६३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य ६.३० प्रतिशत घटेको छ।

     

    कारोबार रकमका आधारमा यस दिन एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आइएमई लाइफ इन्स्योरेन्सको करिब साढे ५ करोडको शेयर खरिदबिक्री भएको छ भने सोल्टी होटलको करिब ५ करोडको शेयर किनबेच भएको छ।

     

    १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १० भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट