logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • ग्ल्याम नेपाल इन्टेरनेशनलका अन्तिम २४ प्रतिस्पर्धीहरू सार्वजनिक

    ग्ल्याम नेपाल इन्टेरनेशनलका अन्तिम २४ प्रतिस्पर्धीहरू सार्वजनिक

    728
    SHARES
    ग्ल्याम नेपाल इन्टेरनेशनलका अन्तिम २४ प्रतिस्पर्धीहरू सार्वजनिक

    काठमाण्डौ । ग्याम नेपाल इन्टेनेशनलका अन्तिम २४ जना प्रतिस्पर्धीहरू सार्वजनिक गरिएको छ । प्रारम्भ प्रडक्सनको आयोजनामा आयोजित कार्यक्रमकाबीच अन्तिम २४ जना प्रतिस्पर्धीहरू सार्वजनिक गरिएको हो ।



    जसमा आचँल शाह, उरूषा भण्डारी, स्विकृति राज भण्डारी, साइमन प्रेमा गिरि, संस्कृति भट्ट, साक्षी बास्तोला, राजश्री थापा, पूर्णिका सिजापति, पुजनी शाह, प्रज्ञा भण्डारी, पुरू लामा, नफिसा श्रेष्ठ, नविना डंगोल, मोनिशा अधिकारी, मानुसी गिरि, कृपा श्रेष्ठ, कामना काफ्ले, होलिस्का कोइराला, वर्षा भण्डारी, अर्विशा थापा, अनिशा शाही ठकुरी, अञ्जिला गिरि र अदिति अधिकारी रहेका छन् ।

    प्रारम्भ प्रडक्सनका डाइरेक्टर पवन आचार्यले विश्वव्यापी रूपमा महिलाहरूको स्तर वृद्धि तथा क्षमता अभिवृद्धिका लागि ग्याम नेपाल इन्टेनेशनल आयोजना गरिएको बताए । उक्त प्रतियोगिताको फाइनल आगामी भदौ २९ गते हुनेछ । फेसन डिजाइनहरु अस्मिता रिमाल, प्रतिमा चौधरी, स्वयं गौतम, सविन दुंगाना, श्वेता प्रधान, सवि भण्डारी, रिना चौलागाईं, राजन शाह र आर्जो श्रेष्ठको डिजाइनमा निर्माण गरिएको कपडाको फाइनल सो भने भदौ ३० मा हुनेछ ।

     

    ग्याल नेपाल इन्टरनेशनलको आयोजक समितिमा पवन आचार्य, अभिविन्द खनिया, सविता कार्की, ह्याप्पी आचार्य, आयुष केसी र सुश्मा कार्की रहेका छन् । यो तेस्रो संस्करण हो ।


    अर्थ चाैतारी
  • सोमबार, १८ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट