logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • गरिमा क्यापिटलको तीज सौगात: सारीको सेल्फी पोस्ट गर्दा नगद पुरस्कार

    गरिमा क्यापिटलको तीज सौगात: सारीको सेल्फी पोस्ट गर्दा नगद पुरस्कार

    702
    SHARES
    गरिमा क्यापिटलको तीज सौगात: सारीको सेल्फी पोस्ट गर्दा नगद पुरस्कार

    काठमाण्डौ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ।



    गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले भाद्र १७ गतेदेखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको हो ।

    यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि क्यापिटलले केही नियम समेत तोकेको छ । सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटल लिमीटेडको आधिकारिक फेसबुक पेजको मेन्सन्समा पोस्ट गर्नुपर्नेछ ।

     

    यस्तै, फोटो पोस्ट गर्दा निम्न ह्यासट्यागहरु समावेश गर्नुपर्नेछ:

    #GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited

    यसैगरी, सहभागीले गरिमा क्यापिटल लिमीटेडको आधिकारिक फेसबुक पेज लाइक र सेयर पनि गर्नुपर्नेछ ।

    अपलोड भएका फोटोमध्ये उत्कृष्ट ३ लाई प्रतियागिताको विजेता घोषणा गरी नगद उपहार दिइने क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रथम पुरस्कार रु. ३ हजार, द्वितीय पुरस्कार रु. २ हजार र तृतीय पुरस्कार रु. १ हजार राखिएको छ।

    यस्तो प्रतियोगिताले तीजको समृद्ध परम्परालाई मात्र नभई हाम्रो समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिने विश्वास क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले व्यक्त गरेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, १८ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट