logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेपाल वित्तीय संस्था संघको अध्यक्षमा आईसिएफसि फाइनान्सका सीईओ सुनिल पन्त चयन

    नेपाल वित्तीय संस्था संघको अध्यक्षमा आईसिएफसि फाइनान्सका सीईओ सुनिल पन्त चयन

    793
    SHARES
    नेपाल वित्तीय संस्था संघको अध्यक्षमा आईसिएफसि फाइनान्सका सीईओ सुनिल पन्त चयन

    काठमाण्डौ । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा आईसिएफसि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त अध्यक्षमा चयन भएका छन् । शुक्रबार सम्पन्न भएको साधारण सभाले यसअघिका प्रथम उपाध्यक्ष पन्तलाई अध्यक्ष चयन गरेको हो भने गुडविल फाइनान्सका सीईओ सरोज काजी तुलाधर संघको अध्यक्ष थिए ।



    यस्तै, संघको प्रथम उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रबि चन्द्र गुरुङ, द्वित्तीय उपाध्यक्षमा सेन्ट्रल फाइनान्सका सीईओ राजोज मान श्रेष्ठ चयन भएका छन् । यस्तै, संघको महासचिवमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया र कोषाध्यक्षमा मन्जुश्री फाइनान्सका सीईओ नारायण सुवेदी चयन भएका छन् ।

     

    यस्तै, संघको सदस्यमा प्रोग्रेशिभ फाइनान्सका सीईओ अनिल श्रेष्ठ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सीईओ लिलामणि न्यौपाने, गोर्खाज फाइनान्सका सीईओ सन्तोष कुमार घिमिरे, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका सीईओ राजेश कुमार श्रेष्ठ, मल्टीपर्पस फाइनान्सका सीईओ रजनीश कुमार सिंह र जानकी फाइनान्सका सीईओ दिनेश कुमार शर्मा चयन भएका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट