logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • नेपालगन्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

    नेपालगन्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

    585
    SHARES
    नेपालगन्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

    बाँके । बाँकेको नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन्।



    विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

     

    कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएका छन्। उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगन्जबाट काठमाण्डौ जाने तयारीमा थिए। सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २५ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट