logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज

    मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज

    1.4K
    SHARES
    मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज

    काठमाण्डौ । सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज ल्याएको छ।



    यस च्यालेन्जमा सहभागी हुनका लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरुले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने हुन्छ। उक्त भिडियोमा #ManauTeejrealmeSanga र #DareToLeap प्रयोग गरेर @realmenepal लाई ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागी हुन सकिनेछ।

    भदौ २२ गते सुरु भएको यो प्रतियोगितामा भोलि हरितालिका तीजको राति अर्थात् असोज १ गते रातिको १२ बजेसम्म सहभागी हुन सक्नेछन्। सबैभन्दा बढी लाइक प्राप्त गर्ने ५ भिडियोलाई विजेता घोषणा गरिनेछ। विजेताहरुलाई रियलमीद्वारा आकर्षक पुरस्कारका साथै आफ्नो परिवारको एकजना सदस्यसँग रात्रिभोज (डिनर) जाने मौका पनि प्रदान गरिनेछ। रियलमी नेपालले समस्त नेपाली नारीहरुलाई हरितालिका तीजको शुभकामना पनि व्यक्त गरेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ३१ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट