logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • डिशहोमको नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’

    डिशहोमको नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’

    780
    SHARES
    डिशहोमको नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’

    काठमाण्डौ । नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको छ ।



     

    यस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्रमार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

     

    त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन्, जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

     

    डिशहोमका प्रवक्ता रजत थापाले भने, ‘रमाइलो दशैँ तिहार चाडपर्वमा बर्षौदेखि हामीलाई साथ दिइरहनु भएका हाम्रा ग्राहकसमक्ष उत्कृष्ट मनोरञ्जन प्रदान गर्दै सुपरस्टार बन्ने रोमाञ्चक मौका प्रदान गर्न पाउँदा हामी उत्साहित छौँ । हामी आशा गर्छौ कि यो अभियानले उहाँहरुको पर्वमा थप चमक थप्नेछ ।’

     

    सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेस, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र नेसनल टिभीमा साँझ ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान आश्विन १, २०८० देखि सीमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ४ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट