logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • डिशहोममा नयाँ नेपाली फिल्मको मेला, अहिले सुपर हिट चलचित्र झिगेदाउ प्रदर्शनमा

    डिशहोममा नयाँ नेपाली फिल्मको मेला, अहिले सुपर हिट चलचित्र झिगेदाउ प्रदर्शनमा

    1.3K
    SHARES
    डिशहोममा नयाँ नेपाली फिल्मको मेला, अहिले सुपर हिट चलचित्र झिगेदाउ प्रदर्शनमा

    काठमाण्डौ । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपर हिट) सफल नेपाली चलचित्रहरू, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवश हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरूले अव डिशहोम मार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्नेछन् । अहिले केकी अधिकारी, आँचल शर्मा, मकुनु भुसाल आदी कलाकारहरूको अभिनय रहेको सुपर हिट चलचित्र झिगेदाउ डिशहोम सिनेमा घर च्यानल नं. १०८ मा असोज ५ गते देखि प्रदर्शन भइरहेको छ ।



     

    छक्का पञ्जा ४, प्रकाश, कृष्ण लीला, नाइँ नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरू डिशहोम सिनेमा घर को साथै प्लस मुभी र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमा घर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलर दाई मार्फत सेवा लिएर र आफ्नै मोबाइल वाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ ।

     

    यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनस सँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमा घर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिनेछ । ३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्ज मा रु ६५० बराबरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्ज मा रु १३ सय बराबरको ४ ओटा मुभी टिकट ग्राहकहरूले पाउन सक्नेछन् ।

     

    डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजे पछि ८ अंकको सिनेमा घर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिस्टर्ड मोबाइल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ । थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६०-०१-२२०००, ९८०११५५००० वा ०१-४२१७६६६ मा फोन गर्न सकिनेछ । डिशहोमको यो प्रयासले सपरिवार सँगै तथा आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ । यस्तै नेपाली चलचित्रप्रति दर्शकहरूको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट