logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • इन्डेक्स एक्सचेन्जले ल्यायो ‘विन अ मिलियन’ दसैंतिहार योजना

    इन्डेक्स एक्सचेन्जले ल्यायो ‘विन अ मिलियन’ दसैंतिहार योजना

    546
    SHARES
    इन्डेक्स एक्सचेन्जले ल्यायो ‘विन अ मिलियन’ दसैंतिहार योजना

    काठमाण्डौ । इन्डेक्स एक्सचेन्ज एलएलसी यूएईले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ‘दसैं-तिहार, नगद उपहार’नारासहित ‘विन अ मिलियन’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ।



    यस योजनाअन्तर्गत यूएईमा कार्यरत नेपालीहरुले इन्डेक्स एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा १० लाख रुपैयाँसम्म नगद उपहार तथा नेपाल जाने हवाई टिकट जित्न सक्ने छन्। सेप्टेम्बर २५, २०२३ बाट सुरु भएको यो योजनाको २ अक्टोबरमा पहिलो लक्की ड्र अबुधावीमा भएको छ।

    अबुधावी इकोनोमिक डिपार्टमेन्टबाट आएका अधिकारीको रोहबरमा गरिएको ड्रमा सन्देश मगरले दुई लाख रुपैयाँ जितेका छन्। मुहमद एशामले नेपाल जाने हवाई टिकट जितेको जानकारी कम्पनीका चिफ बिजनेस अफिसर मिर के रसुलले दिए।

    यस्तै आगामी अक्टोबर १२ मा दोस्रो, २४ तारिमा तेस्रो र बाँकी ड्र नोभेम्बरमा हुने छ। यो योजना नोभेम्बर १५ तारिखसम्म चलाइने छ। आउँदै गरेको दसैँ-तिहारलाई लक्षित गर्दै वैदेश्रिक रोजगारीमा रहेका श्रमिकहरुलाई वैधानिक विप्रेषणतर्फ आकर्षित गर्न यो योजना ल्याएको सिद्धार्थ बैंक नेपालका यूएई प्रमुख नवीन पौडेलले बताए।


    अर्थ चाैतारी
  • विहिबार, १८ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट