logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आज रातीबाट डीभी २०२५ का लागि आवेदन दिन सकिने

    आज रातीबाट डीभी २०२५ का लागि आवेदन दिन सकिने

    1.5K
    SHARES
    आज रातीबाट डीभी २०२५ का लागि आवेदन दिन सकिने

    काठमाण्डौ । आज रातीबाट सन् २०२५ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुल्ने भएको छ । अमेरिकी दूतावासले सूचना जारी गर्दै बुधबार राति ९ः४५ बजेबाट डीभीको लागि आवेदन दिन सकिने छ । आज रातीबाट आगामी नोभेम्बर ७ वा कात्तिक २१ गते राति १० बजेर ४५ मिनेटसम्म डीभीको लागि आवेदन दिन सकिनेछ । डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएको छ ।



     

    डीभी आवेदन भर्दा फोटो पछिल्लो ६ महिनाभित्रको हुनुपर्ने र अघिल्लो वर्षको प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग नगर्न पनि दुतावासले बताएको छ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु नहुने समेत दूतावासले बताएको छ । डीभीकोलागि अनलाइन फारम भर्नुपर्ने हुन्छ । आवेदनमा आवेदकको पति–पत्नी र २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानको समेत जानकारी दिनु अनिवार्य रहेको छ ।

    दुतावासका अनुसार डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिनेछ। डिभी आवेदन प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने पनि दुतावासले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १८ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट