logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • केयुकेएलले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

    केयुकेएलले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

    1.1K
    SHARES
    केयुकेएलले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

    काठमाण्डौ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले खुल्ला प्रतिस्पर्धा मार्फत् प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गर्ने भएको छ । कम्पनीले नयाँ सीईओ नियुक्तिको लागि बैंकले सार्वजनिक आह्वान गरेको हो ।



    कम्पनीले मंगलबार सूचना प्रकाशन गर्दै ३० दिनभित्र योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन पेश गर्न आग्रह गरेको छ । कम्पनीका अनुसार ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको ब्यक्तिले आवेदन पेश गर्न सक्ने छन् । मान्यता प्राप्त शिक्षण संस्थाबाट इञ्जिनियरिङ, व्यवस्थापन, वित्त, वाणिज्य वा सार्वजनिक प्रशासनमा कम्तिमा स्नातकोत्तर पास गरेको र सरकारी वा गैर सरकारी संघसंस्थामा अधिकृतस्तरको पदमा १० वर्ष कार्य अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

    चार वर्ष पदावधि रहेको उक्त पदका लागि आवेदन दिन दरखास्त दस्तुर १० हजार रुपैयाँ तोकिएको छ । इच्छुक व्यक्तिले काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको मुख्य कार्यालय त्रिपुरेश्वरमा दरखास्त पेश गर्नु पर्नेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट