logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

    आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

    1.7K
    SHARES
    आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

    काठमाण्डौ । आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले हरेक वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोक्ने गरेकाे छ।



     

    कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ। यो अवधिमा शुक्रबार दिउँसो ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

     

    गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन्। आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे नै बन्द हुने छन्। अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका छन्।


    अर्थ चाैतारी
  • विहिबार, १६ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट