logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • सर्वाेत्तम सिमेन्टले मंसिर ६ गतेदेखि बुक विल्डिङ्गमा आईपीओ बिक्री गर्ने, प्रतिकित्ता ४०१ देखि ६०१.५० रुपैयाँ हुनसक्ने

    सर्वाेत्तम सिमेन्टले मंसिर ६ गतेदेखि बुक विल्डिङ्गमा आईपीओ बिक्री गर्ने, प्रतिकित्ता ४०१ देखि ६०१.५० रुपैयाँ हुनसक्ने

    1.1K
    SHARES
    सर्वाेत्तम सिमेन्टले मंसिर ६ गतेदेखि बुक विल्डिङ्गमा आईपीओ बिक्री गर्ने, प्रतिकित्ता ४०१ देखि ६०१.५० रुपैयाँ हुनसक्ने

    काठमाण्डौ । सर्वाेत्तम सिमेन्ट लिमिटेडले मंसिर ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुको लागि बोलकबोल मार्फत बिक्री खुला गर्ने भएको हो ।



    कम्पनीको जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक विल्डिङ्ग विधि मार्फत निष्काशन गर्ने भएको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयरको लागि शुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म रहेकोमा सोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

    नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागि गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा मंसिर १० गतेभित्र शीलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १७ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट