logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भूकम्प प्रभावित जिल्लाका बिदामा रहेका कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन

    भूकम्प प्रभावित जिल्लाका बिदामा रहेका कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन

    806
    SHARES
    भूकम्प प्रभावित जिल्लाका बिदामा रहेका कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन

    काठमाण्डौ । जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा कार्यरत कर्मचारीहरूलाई तत्काल काममा फर्कन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो ।



     

    मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै बिदामा रहेका कर्मचारीलाई तत्काल आफ्नो कार्यालयमा हाजिर हुन भनिएको हो । काममा रहेका कर्मचारीलाई पनि तत्काल बिदामा नरहन हुन निर्देशन दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

     

    मन्त्रालयले भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवं घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षको व्यवस्थापन प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुर्‍याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउन हुन प्रभावित जिल्लामा सबै स्थानीय निकाय तथा स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई अनुरोधसमेत गरेको छ ।

     

    शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाई गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुमपश्चिम, रुकुमपूर्व र सल्यानलगायतका जिल्लामा मानवीय र भौतिक क्षति भएको छ ।

     


    अर्थ चाैतारी
  • आइतबार, १९ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट