logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • विद्युत् प्राधिकरणले माग्यो ४ सय जना कर्मचारी (सूचनासहित)

    विद्युत् प्राधिकरणले माग्यो ४ सय जना कर्मचारी (सूचनासहित)

    598
    SHARES
    विद्युत् प्राधिकरणले माग्यो ४ सय जना कर्मचारी (सूचनासहित)

    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण विभिन्न पदका लागि झण्डै ४ सय जना कर्मचारी मागेको छ । प्राधिकरणले शुक्रबार सूचना प्रकाशन गर्दै सातै प्रदेशका लागि विभिन्न पदमा झण्डै ४ सय जना कर्मचारी मागेको हो ।



     

    प्राधिकरणका अनुसार दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो । प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ । ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।

     

    प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ । इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन भर्नका लागि प्राधिकरणको वेभसाइटमा गएर अनलाइन फाराम भर्नु पर्नेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट