logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो

    तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो

    1.3K
    SHARES
    तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो

    काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको पहिलो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई खर्ब ६५ अर्ब ३४ करोड पुगेको हो ।



    विदेशी मुद्राको सञ्चिति बढेर ६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुग्यो, एक वर्षभन्दा बढीको आयात धान्न पुग्ने

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

     

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४९ हजार २९७ रहेको समेत बैंकले जनाएको छ ।

    अर्थतन्त्र सकारात्मक : शोधनान्तर स्थिति झण्डै खर्ब रुपैयाँले बचत हुँदा चालु खातामा ५९ अर्ब बचत

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट