logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सचिव शर्माको उद्योग मन्त्रालयमा सरुवा (मन्त्रिपरिषदका १८ निर्णयसहित)

    सचिव शर्माको उद्योग मन्त्रालयमा सरुवा (मन्त्रिपरिषदका १८ निर्णयसहित)

    793
    SHARES
    सचिव शर्माको उद्योग मन्त्रालयमा सरुवा (मन्त्रिपरिषदका १८ निर्णयसहित)

    काठमाण्डौ । सरकारले सचिव नारायणप्रसाद शर्माको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदुरपश्चिम प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत रहेका शर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रलायमा सरुवा गरेको हो ।



     

    त्यस्तै सरकारले सहसचिव डा.हरिप्रसाद लम्साललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको प्रमुख सचिवका रुपमा कायम गरेको छ । त्यस्तै बैठकले एसियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । बैठकले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड पनि संशोधन गर्ने निर्णय गरेको छ ।

     

    बिहीबारकै बैठकले नेपाल र कतारबीचको युवा तथा खेलकूदसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको छ भने जैविक विविधता एवम् प्रजाति संरक्षणको दृष्टिले महत्वपूर्ण पाँच औंले लगायतका अन्य जडीबुटी तथा रुख प्रजातिहरूको संकलन, कटान, उपभोग, ओसारपसार, बिक्री वितरण वा विदेश निकासीमा प्रतिबन्ध लगाउने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

    १

    २


    अर्थ चाैतारी
  • शुक्रबार, २४ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट