logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • टिकटक बन्द गरेपछि चौतर्फी हंगामा, अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सरकारको बद्नाम गरिँदै

    टिकटक बन्द गरेपछि चौतर्फी हंगामा, अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सरकारको बद्नाम गरिँदै

    1.5K
    SHARES
    टिकटक बन्द गरेपछि चौतर्फी हंगामा, अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सरकारको बद्नाम गरिँदै

    काठमाण्डौ । सरकारले आजैदेखि लागू हुने गरी टिकटक बन्द गर्ने निर्णय गरेपछि चौतर्फी रुपमा सरकारको आलोचना सुरु भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत सरकारको टिकटक बन्द गर्ने निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् ।



     

    तर, सामाजिक सञ्जालमा बौद्धिक जगतले भने सरकारको कदमलाई स्वागत गर्दै विकृत बन्दै गएको टिकटक बन्द गर्ने निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले फेसबुकमा प्रतिक्रिया दिँदै टिकटक बन्द गर्ने निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् । त्यस्तै, थुप्रै पत्रकारहरु, सामाजिक अभियान्ताहरुले टिकटक बन्द गर्ने निर्णय गलत भएको प्रक्रिया दिएका छन् । साथै केही व्यक्तिहरुले अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।

     

    यही मंसिर ७ गते काठमाण्डौमा विशाल प्रदर्शन गर्दै तयारी गरिहेका दुर्गा प्रसाईले टिकटक बन्द ‘गणतन्त्रको सफल अभ्यास’ भन्दै व्यङ्ग्य गरेका छन् । साथै उनले अब देश पञ्चायती व्यवस्था भन्दा पछाडि फर्कन लागेको प्रतिक्रिया दिएका छन् । त्यस्तै, पत्रकार उमेश श्रेष्ठ (शालोक्य) ले टिकटक बन्दले मूलधारे मिडियालाई समेत असर गर्ने भन्दै श्रीलंकाको अभ्यास अघि सारेका छन् ।

     

    पत्रकार, साहित्यकार तथा बीमा व्यवसायी तीन पटक नेपाल टप भइसकेको नेशनल लाइफका एजेन्सी म्यानेजर शंकर अशान्तले टिकटक बन्द गर्ने निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् । अशान्तले टिकटकको विकृति सच्याएर पुनः खोल्न भनेका छन् । पत्रकार समा थापाले टिकटकले विकृति फैलाउँदै आएकोले सरकारको निर्णय स्वागतयोग्य भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

     

    प्रधानमन्त्रीका सल्लाहकार रामदिप आचार्यले सामाजिक सञ्जालमा स्टाटस लेख्दै टिकटक बन्द गर्ने निर्णय भएका देशहरुको सूचि नै सार्वजनिक गरेका छन् । आचार्यले सार्वजनिक गरेको सूचि अनुसार अष्ट्रेलिया, बेल्जियम, क्यानाडा, डेनमार्क, भारत, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, सोमालिया, बेलायत रहेको उल्लेख छ । त्यसो त टिकटक प्रतिबन्ध लगाउने देशहरु जम्मा २७ वटा रहेका छन् ।

     

    त्यस्तै सूचना प्रविधि क्षेत्रका विज्ञ तथा कम्प्युटर एशोशिएन अफ नेपाल क्यानका महासचिव चिरञ्जीवी अधिकारीले टिकटक बन्द गर्नु आफैमा राम्रो चिज होईन भन्दै सामाजिक सञ्जालको प्लेटफर्म नियमन गरेर खोल्नुपर्ने बताएका छन् । बीमापोष्टसँग कुरा गर्दै अधिकारीले भने, ‘टिकटक, फेसबुक ट्वीटर जस्ता प्लेटफर्महरु बन्द गर्ने होइन कि कन्टेन्ट नियमन गर्नुपर्ने आजको आवश्यकता हो । बन्द गर्न विकल्प दिनुपर्दछ । आजको मितिमा गुगल बन्द गर्न सम्भव छ त ? त्यसैले हामीले बन्द मात्रै गर्ने होइन, जनतालाई विकल्प पनि दिनुपर्दछ ।’

     

    सामाजिक सञ्जाल टिकटक व्यापक मात्रामा उद्यमी र व्यापारीहरुले आफ्नो व्यवसाय प्रबद्र्धन गर्न समेत प्रयोग गर्दै आएकोले पनि यसको बहुआयामिक असर पर्ने प्रतिक्रिया क्यान महासंघका महासचिव अधिकारीको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २७ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट