logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • टिकटक बन्द हुँदा ब्याण्डविथ बापत बार्षिक तीन अर्ब रुपैयाँ बचत हुने, ‘आईवे’मा ३० प्रतिशत लोडभार कम

    टिकटक बन्द हुँदा ब्याण्डविथ बापत बार्षिक तीन अर्ब रुपैयाँ बचत हुने, ‘आईवे’मा ३० प्रतिशत लोडभार कम

    663
    SHARES
    टिकटक बन्द हुँदा ब्याण्डविथ बापत बार्षिक तीन अर्ब रुपैयाँ बचत हुने, ‘आईवे’मा ३० प्रतिशत लोडभार कम

    काठमाण्डौ । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सम्बन्धमा सरकारले गरेको निर्णयमाथि मिश्रित प्रतिक्रिया आइरहेको छ । सरकारले गरेको सो निर्णयलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सरकारको विरोध गरिरहेका छन् भने विकृत्तिको भाँडो टिकटक बन्द गरेकोमा सरकारलाई धन्यवाद दिनेहरु पनि उत्तिकै रहेका छन् ।



     

     

    प्रारम्भिक रुपमा प्राप्त विवरण अनुसार टिकटक बन्द हुँदा नेपालको अप्टिकल फाइबर लगाएतका सूचना प्राविधि प्रशारण लाइन (आईवे) मा करिब ३० प्रतिशत लोडभार कम हुने भएको छ । नेपालको कूल खपत ब्याण्डविथ मध्ये सबैभन्दा धेरै हिस्सा अर्थात ३० प्रतिशत टिकटकको रहेको छ । टिकटक बन्द हुने भएपछि सो ब्याण्डविथ बचत हुने भएको हो ।

     

     

    टिकटक बन्द हुँदा नेपालको इन्टरनेट प्रणालीमा राहत महसुस हुनेछ भने अन्तर्राष्ट्रिय ब्याण्डविथ बापत झण्डै तीन अर्ब रुपैयाँ बचत हुनेछ । हाल नेपालले मासिक ६० देखि ६५ लाख डलरसम्मको इन्टरनेट ब्याण्डविथ आयात गर्दै आएको छ । यस वर्ष नेपाल टेलिकमले गत वर्षको तुलनामा सस्तोमा टाटासँग इन्टरनेटको ब्याण्डविथ किनेकोले यो रकम सस्तिएको कारण यति कम भएको हो ।

     

     

    टिकटकले नेपालको कूल ब्याण्डविथको करिब ३० प्रतिशत ब्याण्डविथ खपत गर्दै आएको नेपाल दुर सञ्चार प्राधिकरणले जनाउँदै आएको छ । अब सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै इन्टरनेटको ब्याण्डविथको खपत पनि कम हुन जानेछ । इन्टरनेटको ब्याण्डविथ खपत न्यून भएसँगै अब सो बापत मासिक करिब २५ करोड रुपैयाँ जोगिने छ । हाल मासिक ८० देखि ९० करोड रुपैयाँ इन्टरनेट ब्याण्डविथको लागि खर्च हुँदै आएको छ । अब सो रकमको करिब ३० प्रतिशतले जोगिँदा बार्षिक तीन अर्ब भन्दा बढि बचत हुनसक्ने नेपाल दुर सञ्चार प्राधिकरणले जनाएको छ ।

     

     

    टिकटक बन्द हुँदा घण्टौ मोबाइलमा अल्झिने महिला तथा युवा युवतीहरु सिर्जनात्मक काममा व्यस्त हुने हुँदा यसले देशको उत्पादकत्व समेत बृद्धि हुनसक्ने अर्थविदहरुको भनाई छ । यद्यपि केही व्यक्तिहरुले टिकटकबाट बार्षिक लाखौं रुपैयाँ कमाएको र सो रकम रोकिने विषय पनि सामाजिक सञ्जालमा चर्चामा रहेको छ । टिकटकले नेपालबाट बार्षिक करोडौं रुपैयाँ विज्ञापन बापत लैजाने गरेको छ । सो समेत हिसाब गर्दा बार्षिक अर्बौ रुपैयाँ विदेश जान रोकिने छ । टिकटक नेपालको सबैभन्दा बढि हेरिने संक्षिप्त भिडियो स्टीमिङ् प्लेटफर्म हो ।


    अर्थ चाैतारी
  • सोमबार, २७ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट