logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • एनआईसी एशिया ग्रोथ फण्ड २ बिक्री खुला, १ करोड इकाई आवेदन दिन मिल्ने

    एनआईसी एशिया ग्रोथ फण्ड २ बिक्री खुला, १ करोड इकाई आवेदन दिन मिल्ने

    507
    SHARES
    एनआईसी एशिया ग्रोथ फण्ड २ बिक्री खुला, १ करोड इकाई आवेदन दिन मिल्ने

    काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले आज मंसिर ४ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड–२ बिक्री खुला गरेको हो । ७ वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखी योजना हो ।



     

    क्यापिटलले अंकित मूल्य प्रतिइकाई १० रुपैयाँका दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरुलाई बिक्री गरिएको हो ।

     

    क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । फण्डको इकाईमा छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १८ गतेसम्म आवेदन दिन मिल्ने क्यापिटलले जनाएको छ ।

     

    फण्ड निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । फण्डमा लगानीकर्ताहरुले सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।


    अर्थ चाैतारी
  • सोमबार, ४ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट