logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • वैदेशिक रोजगारीमा गएकाहरुका लागि हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बिक्री खुला

    वैदेशिक रोजगारीमा गएकाहरुका लागि हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बिक्री खुला

    533
    SHARES
    वैदेशिक रोजगारीमा गएकाहरुका लागि हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बिक्री खुला

    काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले आज अर्थात मंसिर ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।



    कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको छ।

     

    सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामुहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो।

     

    कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, ४ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट