logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    845
    SHARES
    टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाण्डौ । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो ।



     

    उक्त रिटमाथि आगामी मंसिर १९ गते सर्वोच्च अदालतको संयुक्त इजलासमा थप सुनुवाइ हुनेछ । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट परेका थिए । टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ भएको हो ।

    सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएसँगै प्रतिबन्धका सम्बन्धमा नेपालमा पक्ष र विपक्षमा प्रतिक्रिया आएका थिए ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट