logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • उन्नति सहकार्यको एफपीओ बाँडफाँड, भाग्यमानी १ जनाले पाए ११ कित्ता सेयर

    उन्नति सहकार्यको एफपीओ बाँडफाँड, भाग्यमानी १ जनाले पाए ११ कित्ता सेयर

    1.4K
    SHARES
    उन्नति सहकार्यको एफपीओ बाँडफाँड, भाग्यमानी १ जनाले पाए ११ कित्ता सेयर

    काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।



     

    लघुवित्तले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्काशन गरेको थियो। सो सेयरमा कुल १० लाख ७२ हजार ७६८ आवेदन परेको थियो। जसमध्ये १० लाख ७२ हजार ४४३ आवेदन स्वीकृत भएको थियो भने ३२५ आवेदन रद्द भएको थियो।

     

    मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जसअनुसार कुल १७ हजार ८४५ आवेदकले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी १ जनाले थप एक कित्ता र अर्को १ जनाले थप ०.१८ कित्ता सेयर प्राप्त गरेका छन्।

     

    लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, उन्नति सहकार्यको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।AllotmentResult (cdsc.com.np)

     


    अर्थ चाैतारी
  • शुक्रबार, ८ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट