logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • कोरियामा नेपालीको बढ्दो आत्महत्या न्यूनीकरणका लागि कार्यक्रम गर्दै सरकार

    कोरियामा नेपालीको बढ्दो आत्महत्या न्यूनीकरणका लागि कार्यक्रम गर्दै सरकार

    1.7K
    SHARES
    कोरियामा नेपालीको बढ्दो आत्महत्या न्यूनीकरणका लागि कार्यक्रम गर्दै सरकार

    काठमाण्डौ । दक्षिण कोरियामा नेपाली श्रमिकहरूको आत्महत्या गर्ने दर बढेको भन्दै सरकारले न्यूनीकरणका लागि कार्यक्रम गर्ने भएको छ ।



     

    सन् २००८ देखि हालसम्म कोरियामा ६८ जना नेपालीले आत्महत्या गरेका छन् । प्रत्येक वर्ष सरदरमा ४ जनाले आत्महत्या गर्ने गरेको देखिएको हो । यस्तो अवस्थामा ईपीएस कोरिया शाखाले चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ कोरिया पठाएको छ । ईपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले ‘हेप्पी होम रिटर्न’ कार्यक्रमका लागि उक्त पैसा पठाइएको बताए ।

     

    कोरियास्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूमा जनचेतना फैलाउने, समस्यामा परेकाहरूलाई उद्धार गर्ने लगायतका कार्यक्रम गरिँदै आएको उनले बताए । ‘डिप्रेसनमा गएकाहरूलाई काउन्सिलिङ गर्ने लगायतका काम गरिन्छ । त्यस्तै इलिगल पनि नबसुन् भनेर काम भइरहेको छ । हामीले मात्र नभएर वैदेशिक रोजगार बोर्डमार्फत समेत काउन्सिलिङको काम भइरहेको हुन्छ’ निर्देशक सुवेदीले भने ।

     

    त्यस्तै नेपालमा समेत सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । ईपीएस मार्फत कोरिया गएकाहरूको परिवारसँग समेत अन्तरक्रिया गर्दै आएको उनले बताए । कोरियामा रहेका नेपाली श्रमिकका घर परिवारलाई समेत जनचेतना फैलाउन सातै प्रदेशमा कार्यक्रम गर्दै आएको उनले बताए । ति कार्यक्रम निकै प्रभावकारी देखिएको उनको भनाइ छ ।

     

    ‘आत्महत्या गर्नुका कारणहरू पत्ता लगाउने क्रममा घर परिवारबाट आउने अनेक प्रेसर पनि देखियो । त्यसैले हामीले उनीहरूको घर परिवारलाई त्यस्तो नगर्न सचेतना फैलाउने काम गरिरहेका छौँ । अनावश्यक दबाब नदेऊ, कुनै समस्या परेको खण्डमा सहज तरिकाले जानकारी देऊ भन्ने खालको कुरा गर्छौ । यो निकै प्रभावकारी देखिएको छ,’ उनले भने ।

     

    त्यस्तै जनप्रतिनिधिहरूसँग समेत अन्तरक्रिया गर्दै आएको ईपीएस कोरिया शाखाले जनाएको छ । जनप्रतिनिधिहरूलाई आफ्नो क्षेत्रबाट कोरिया गएकाहरू परिवारहरू जनचेतना फैलाउन सहयोग गर्न अपिल गर्दै आएको निर्देशक सुवेदीले बताए । सातै प्रदेशमा कोरियामा रहेका श्रमिकहरूका परिवारलाई अन्तरक्रिया गर्दै आएको उनको भनाइ छ ।


    अर्थ चाैतारी
  • आइतबार, १० मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट