logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड नेपालका आरुष भट्टराईलाई

    ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड नेपालका आरुष भट्टराईलाई

    2.5K
    SHARES
    ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड नेपालका आरुष भट्टराईलाई

    काठमाण्डौ । मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षिय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जित्न सफल भएका छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै केटा समूहको उपाधि हासिल गरेका हुन् ।



     

    स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टलिजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका छन् ।

     

    यस कार्यक्रममा नेपाल सहित भारत, मलेसिया लगायत देशका बालबालिका सहभागी भएका थिए । प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रवद्र्घन समेत गरेका थिए । आरुषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड Alluring Aura ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनलको उपाधि हासिल गरेकी थिइन् । प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी हुन् ।

     

    यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्घारा काठमाण्डौमा आयोजित ‘किड्डी फेस अफ द इयर २०२३’ का सिनियर केटा समूहको उपाधि हासिल गरेका थिए भने एल्भिरा ‘लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३’ की विजेता हुन् ।

     


    अर्थ चाैतारी
  • मंगलबार, १९ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट