logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • एयरपोर्टपछि नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ

    एयरपोर्टपछि नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ

    1.4K
    SHARES
    एयरपोर्टपछि नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ

    काठमाण्डौ । प्रहरीले काठमाण्डौको नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षका ग्याल्सेङ तामाङ, २६ वर्षका विरु तामाङ र २१ वर्षका सुनिल भुजेल रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुन बरामद गरेको हो ।



     

    गएराति दुई किलो सुनसहित तीनलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । उनका अनुसार उक्त सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर उक्त सुन ल्याएको प्रहरीले जनाएको छ ।

     

    बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याइएको १४ किलो सुन भन्सार विभागको टोलीले बरामद गरेको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट