logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नेपाल टेलिकमले बोनस सेयर नदिने, साधारणासभा पुसभित्रै गर्ने तयारी

    नेपाल टेलिकमले बोनस सेयर नदिने, साधारणासभा पुसभित्रै गर्ने तयारी

    585
    SHARES
    नेपाल टेलिकमले बोनस सेयर नदिने, साधारणासभा पुसभित्रै गर्ने तयारी

    काठमाण्डौ । पुँजी बजारका लागि यो सिजन लाभांशको हो । पुँजी बजारमा सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गरिरहेका छन् । विभिन्न कम्पनीहरूले लाभांश घोषणा गरिरहँदा दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा रहेको कम्पनी नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले कहिले लाभांश घोषणा गर्ला भनेर चासोको रुपमा हेरिएको छ ।



     

    विगतका वर्षहरूमा समेत उच्च लाभांश वितरण गर्दै आएकाले सेयरधनीहरूको रोजाईको नेपाल टेलिकम पर्ने गरेको छ । त्यसैले गत वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गरिरहँदा नेपाल टेलिकमले कति लाभांश देला भनेर लगानीकर्ताले चासोको रुपमा हेरिरहेका हुन् । कम्पनीको लाभांश इतिहास हेर्ने हो भने विगतका वर्षहरूमा ४० प्रतिशतभन्दा बढी प्रतिफल बाँडेर सेयरधनीहरूलाई मख्ख बनाएको छ । त्यसैले नेपाल टेलिकमले यस वर्ष पनि उच्च लाभांश वितरण गर्ने अपेक्षा सेयरधनीहरूले गरिरहेका छन् ।

     

    कम्पनीले गत आर्थिक वर्ष २०७९/८०मा ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत कम हो । गत असारसम्मको तथ्याङ्क हेर्ने हो भने कम्पनीको प्रतिसेयर आम्दानी ४३.३६ रुपैयाँ रहेको छ । साथै, कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ सञ्चित छ ।

     

    कम्पनीको लेखापरीक्षको समूह यतिबेला कम्पनीको वित्तीय विवरण फरफराक गर्नमा जुटेको छ । कम्पनी स्रोतका अनुसार गत वर्षको वित्तीय विवरणको हिसाव किताब मिलानको काम भइरहेको छ । अडिटरले पनि ब्यालेन्ससिट मिलाउने काम गरिरहेकाले पुसभित्रै वार्षिक साधारणसभा गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।

     

    ‘अडिटरले ब्यालेन्ससिट मिलाउने काम र अध्ययन भइरहेको छ, कम्पनीले विगतमा ४० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको थियो, यस वर्ष पनि करिव ४० प्रतिशत नै लाभांश बाँड्ने कम्पनीको तयारी छ,’ उनले भने, ‘कम्पनीको लाभांश सदावहार नै हो, बोनस सेयर वितरण गर्दैन, जति प्रतिशत आउँछ, सबै नगद दिन्छौं ।’

     

    नेपाल टेलिकमले विगतमा कम्तिमा ४० प्रतिशत र बढीमा ५५ प्रतिशत लाभांश दिदै आएको छ । गत वर्ष टेलिकमले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिएको थियो । यो वर्ष भने बोनस सेयर नदिने भएको छ भने करिव ४० प्रतिशत नगद लाभांश दिने सम्भावना रहेको स्रोतले बतायो ।


    अर्थ चाैतारी
  • बुधबार, २७ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट