logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एनएमबि बैंकको साधारण सभा पुष २६ गते

    एनएमबि बैंकको साधारण सभा पुष २६ गते

    585
    SHARES
    एनएमबि बैंकको साधारण सभा पुष २६ गते

    काठमाण्डौ । एनएमबि बैंकले वार्षिक साधारण सभा पुष २६ गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले २८औं सभा बोलाएको हो । सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान १० बजे बस्नेछ । कम्पनीले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीका सेयरधनीहरुको हात यस वर्ष रित्तो हुने भएको हो ।



     

    सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट २ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

     

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले सभा प्रयोजनका लागि पुष ६ गते बुक क्लोजको मिति तय गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट