logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले पुष २८ गते बोलायो साधारण सभा

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले पुष २८ गते बोलायो साधारण सभा

    1.5K
    SHARES
    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले पुष २८ गते बोलायो साधारण सभा

    काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा पुष २८ गतेका लागि बोलाएको छ । सभा आम्रपाली व्याङ्केट, भाटभटेनी काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।



     

    सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थका लागि ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले लघुवित्तको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संचालकहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

     

    साथै, चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ । साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुष १२ गते एक दिन बुकक्लोज गर्ने भएको हुँदा पुष ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


    अर्थ चाैतारी
  • आइतबार, १ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट