logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • यो वर्ष लक्ष्मी लघुवित्तले लगानीकर्तालाई लाभांश वितरण नगर्ने

    यो वर्ष लक्ष्मी लघुवित्तले लगानीकर्तालाई लाभांश वितरण नगर्ने

    1.7K
    SHARES
    यो वर्ष लक्ष्मी लघुवित्तले लगानीकर्तालाई लाभांश वितरण नगर्ने

    काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले यो वर्ष लगानीकर्ताहरूलाई लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।



    कम्पनीको सञ्चालक समितिको १६९औँ बैठकको निर्णयअनुसार यो वर्षको नाफा सञ्चित गरिनेछ । कम्पनीको यो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले पारित गर्नुपर्नेछ ।

    यस्तै, आगामी वार्षिक साधारण सभाबाट समेत पारित हुनुपर्ने छ । लक्ष्मी लघुवित्तले मर्जर तथा प्राप्ति र एफपीओबापतको कर तिरेपछि यो वर्ष नाफा वितरण नगरेको हो । कम्पनीले ४४ लाख १६ हजार ९६ रुपैयाँ कर बुझाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट