logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • लुम्बिनी विकास बैंकद्वारा ८.५ प्रतिशत लाभांश प्रस्ताव

    लुम्बिनी विकास बैंकद्वारा ८.५ प्रतिशत लाभांश प्रस्ताव

    741
    SHARES
    लुम्बिनी विकास बैंकद्वारा ८.५ प्रतिशत लाभांश प्रस्ताव

    काठमाण्डौ । लुम्बिनी विकास बैंकले १६ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बुधबार (पुस ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुस २६ गते काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको हो।



     

    सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ८.५ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ४ प्रतिशतले हुन आउने बोनस शेयर र ४.५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) छन्।

     

    सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

     

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेसम्म कायम शेयरधनीहरु यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • विहिबार, ५ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट