logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • आईएमई पे र एजुकेशन पार्क बीच सम्झौता, अब विद्यार्थीले छुट पाउने

    आईएमई पे र एजुकेशन पार्क बीच सम्झौता, अब विद्यार्थीले छुट पाउने

    1.3K
    SHARES
    आईएमई पे र एजुकेशन पार्क बीच सम्झौता, अब विद्यार्थीले छुट पाउने

    काठमाण्डौ – डिजिटल वालेट आईएमई पे र एजुकेशन पार्कबीच आयल्ट्स र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ ।



    सम्झौताअनुसार काठमाण्डौको सिभिल मलको आठौँ तलामा रहेको एजुकेशन पार्कमा आयल्ट्स र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पेमार्फत कक्षाको शुल्क भुक्तानी गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यही पुस ६ गतेदेखि लागू भएको यो योजनाको अवधि तीन महिनाको हुने आईएमई पेले जनाएको छ ।

    यो योजनाले आयल्ट्स र पीटीई कक्षा लिन चाहने विद्यार्थीलाई अझ सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् । योजनाको अवधि तीन महिनाको भए पनि पहिला कक्षा ुबुकु गर्ने विद्यार्थीले आफ्नो समयअनुसारको कक्षा छनोट गर्न सक्नेछन् । विद्यार्थीमाझ अति नै लोकप्रिय दुवै कक्षा अनलाइनमार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १० पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट