logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • लुम्बिनी विकास बैंकको ८.५० प्रतिशत लाभांश पारित

    लुम्बिनी विकास बैंकको ८.५० प्रतिशत लाभांश पारित

    819
    SHARES
    लुम्बिनी विकास बैंकको ८.५० प्रतिशत लाभांश पारित

    काठमाण्डौ । लुम्बिनी विकास बैंकले ८.५० प्रतिशत लाभांश पारित गरेको छ । बैंकले १६औं वार्षिक साधारण सभाबाट ८.५० प्रतिशत लाभांश (४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस सेयर) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।



     

    बैंकका सञ्चालक समितिका अध्यक्ष चन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १६ औं वार्षिक साधारण सभामा आ.ब. २०७९/८० को बार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

     

    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

     

    यस बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट