logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • एनएमबि बैंकको साधारण सभा सम्पन्न, नयाँ संचालक चयन

    एनएमबि बैंकको साधारण सभा सम्पन्न, नयाँ संचालक चयन

    962
    SHARES
    एनएमबि बैंकको साधारण सभा सम्पन्न, नयाँ संचालक चयन

    काठमाण्डौ । एनएमबि बैंकको २८ औं साधारण सभा सम्पन्न भएको छ । विहीबार राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाण्डौमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याण सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ ।



     

    उक्त साधारण सभामापूर्व घोषित कार्यक्रम बमोजिम संचालकमा संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित भएका छन । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । एमफएओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित भएका छन ।

     

    बैंकको २०८० आषाढसम्ममा खुदनाफा ३ अर्ब २२ करोड रुपैयाँ, निक्षेप २१३.०४ अर्ब रुपैयाँ र कर्जा १९७.४७ अर्ब रुपैयाँ रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट