logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल चयन

    एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल चयन

    1.7K
    SHARES
    एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल चयन

    काठमाण्डौ । एनएमबि बैंकको काठमाण्डौमा सम्पन्न २८औँ वार्षिक साधारण सभाले बैंकको नयाँ संचालक समिती चयन गरेको छ ।



     

     

    एनएमबि बैंकको सञ्चालक समितिका निवर्तमान अध्यक्ष पवन कुमार गोल्यानको सभापतित्वमा उक्त साधारण सभाले मनोज कुमार गोयलको अध्यक्षतामा बैंकको नयाँ संचालक समिति चयन गरेको हो। बैंकको संचालकमा जीवन कुमार कट्वाल, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्त्म भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी सदस्यमा निर्वाचित हुनु भएका हुन ।

     

    त्यस्तै FMO को तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो ।

     

     

    बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट