logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • शिवम् सिमेन्ट्सको ८ औँ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

    शिवम् सिमेन्ट्सको ८ औँ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

    1.1K
    SHARES
    शिवम् सिमेन्ट्सको ८ औँ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

    काठमाण्डौ । शिवम् सिमेन्ट्सको १५ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको आठौं वार्षिक साधारण सभाबाट आ.व. २०७९/०८० सम्मको संचित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।



     

    आठौं वार्षिक साधारण सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरेको छ ।

     

    उक्त साधारण सभाबाट आ.व. २०७९/०८० सम्मको संचित मुनाफाबाट (सेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट सेयरधनीलाई चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख नगद लाभांश सहित सेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

    हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट