logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • गरिमा क्यापिटलको साधारणसभा सम्पन्न, बन्दमुखी तथा खुल्लामुखी योजनाहरु सञ्चालन गर्ने लक्ष्य

    गरिमा क्यापिटलको साधारणसभा सम्पन्न, बन्दमुखी तथा खुल्लामुखी योजनाहरु सञ्चालन गर्ने लक्ष्य

    1.2K
    SHARES
    गरिमा क्यापिटलको साधारणसभा सम्पन्न, बन्दमुखी तथा खुल्लामुखी योजनाहरु सञ्चालन गर्ने लक्ष्य

    काठमाण्डौ । गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पारित गरेको छ । सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयले आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।



     

     

    कम्पनीले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो सेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । साथै कम्पनीले निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने योजना समेत बनाएको बताएको छ ।

     

    कम्पनीका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्‍याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराीईले बताएका छन् । कम्पनी नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट