काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा शिक्षा भट्टचन चयन भएकी छिन्। कम्पनीको पुस २९ गते सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा शिक्षा भट्टचन चयन भएकी हुन्
कम्पनी सञ्चालक समितिको आज मंगलबार बसेको बैठकले भट्टचनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। करिब ३३ वर्षकी भट्टचन व्यापारी तथा सांसद देवीप्रकाश भट्टचनको छोरी हुन्। उनी प्रभु इन्स्योरेन्स कम्पनीकी पूर्वसञ्चालक हुन्।
कम्पनीको पुस २९ गते सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरुका तर्फबाट चारजना र सर्वसाधारणतर्फबाट दुईजना सञ्चालक सर्वसम्मत निर्वाचित भएका थिए।
साधारणसभाबाट अध्यक्ष भट्टचनसहित संस्थापक समूहबाट सुशन शेरचन, सम्झाना अर्याल र वीरेन्द्र जंग पाण्डे(प्रतिनिधि ज्योति बिकास बैंक लि०) तथा सर्वसाधारण समूहबाट ज्योति शेरचन (प्रतिनिधि नेपाल होल्डिङ) र शंकर गौतम (प्रतिनिधि लिबर्टी होल्डिङ) चयन भएका थिए।
अर्थ चाैतारी ।