logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सिंगटी हाइड्रो इनर्जीको १४ औँ वार्षिक साधारणसभा आउँदो फागुन १ गते

    सिंगटी हाइड्रो इनर्जीको १४ औँ वार्षिक साधारणसभा आउँदो फागुन १ गते

    845
    SHARES
    सिंगटी हाइड्रो इनर्जीको १४ औँ वार्षिक साधारणसभा आउँदो फागुन १ गते

    काठमाण्डौ। नेपाल धितोपत्र बोर्डबाट चुक्तापुँजीको १०० प्रतिशत हकप्रद बिक्रीको अनुमति पाएको सिंगटी हाइड्रो इनर्जीले १४ औँ वार्षिक साधारणसभा आउँदो फागुन १ गते डाकेको छ।



    कम्पनी सञ्चालक समितिको मंगलबार माघ ९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १ गते काठमाण्डौको धुम्बाराहीस्थितत धुम्रबराह भेन्युमा बिहान ११ आयोजना गर्ने निर्णय गरेको हो।

    कम्पनीले हकप्रद शेयर जारी गर्न बुक क्लोज गरिसकेको छ। यद्यपि, हकप्रद जारी गर्ने मिति भने तय गरिसकेको छैन। हकप्रद शेयर जारी गर्न नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन, थपघट तथा परिमार्जन गर्नुपरेमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

    प्रबन्धपत्रको दफा ८ (क) संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    सभाले आर्थिक वर्ष २०७९र८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। आर्थिक वर्ष २०७९–८० का लागि भने कम्पनीले कुनै पनि लाभांशको प्रस्ताव सभामा पेस गर्ने छैन।

    वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब माघ १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।


    अर्थ चाैतारी
  • बुधबार, १० माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट