logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले गर्यो लाभांश घोषणा

    यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले गर्यो लाभांश घोषणा

    1.5K
    SHARES
    यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले गर्यो लाभांश घोषणा

    काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।



    कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९– ८० को वितरणयोग्य मुनाफाबाट कुल १० दशमलव ८०१३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको १० दशमलव २६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिरकणबाट स्वीकृती भएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।


    अर्थ चाैतारी
  • विहिबार, ११ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट