logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेपाल आयल निगमको साधारण सभा फागुन ६ गते हुने

    नेपाल आयल निगमको साधारण सभा फागुन ६ गते हुने

    741
    SHARES
    नेपाल आयल निगमको साधारण सभा फागुन ६ गते हुने

    काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले ४२औं वार्षिक साधारण सभा फागुन ६ गतेका लागि हुने भएको छ । सभा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष सिहंदरबार काठमाण्डौमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो ।



    सभामा कम्पनीले आर्थिक वर्ष २०७९।०८०को वासलात, नाफा–नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।

    साथै, भसामा सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरु तथा संचालकहरुको तर्फबाट एक–एक जना प्रतिनिधि तोक्ने समेत एजेण्डा सभाको कार्य सूचीमा समावेश गरीएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १४ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट