logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • अध्यागमन कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइयो

    अध्यागमन कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइयो

    1.1K
    SHARES
    अध्यागमन कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइयो

    काठमाण्डौ । गत शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल कार्यालयभित्र अध्यागमन विभागका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई त्यहाँबाट हटाइएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न आएका कर्मचारी संगठनका नेताहरूलाई यसबारे जानकारी दिएका हुन्।



    विमानस्थल अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी गृहमन्त्रीलाई उनीहरूले दिएका थिए।

     

    कर्मचारीका नेताहरूले अध्यागमन अधिकृतसहितका कर्मचारीलाई कुटपिटमा संलग्न भनिएका प्रहरीलाई तीन दिनभित्र निलम्बन नगरे काम रोक्ने चेतावनी दिएका थिए। त्यसपछि गृहमन्त्री श्रेष्ठले डीएसपीसहितको कमान्डका र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइसकिएको जवाफ कर्मचारीका नेताहरूलाई दिए।

     

    ‘घटना भएको पनि आज दुई दिन भइगयो। अबको दुई दिनमा त प्रतिवेदन नै आउँछ’, कर्मचारीका नेताहरूसँग गृहमन्त्री श्रेष्ठले भने, ‘डीएसपीको कमान्डमा भएका र त्यो घटनामा संलग्न देखिएका प्रहरीलाई हामीले विमानस्थलबाट हटाइसक्यौँ।’ कर्मचारीका संगठनहरूले काम ठप्प पार्नेसहित आन्दोलनको चेतावनी दिएपछि गृहमन्त्री श्रेष्ठले आत्मसम्मानमा चोट पुग्न नदिने जवाफ पनि दिए।

     

    ‘तपाईंहरूको आत्मसम्मानमा चोट पुग्न दिँदैनौँ। भोलिभित्र तपाईंहरूले परिणाम देख्नु हुन्छ’, उनले कर्मचारीका नेताहरूलाई आश्वस्त पार्दै भने, ‘त्यो घटनामा देखिएका प्रहरीलाई हटाइसकेका छौँ। अहिलेलाई निलम्बन गर्नुपरेन। थप कदम प्रतिवेदन आइसकेपछि चाल्नेछौँ।’

     

    कर्मचारी संगठनका नेताहरूसँग गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र विमानस्थल घटना छानबिन समितिको संयोजक एवम गृहका सहसचिव थानेश्वर गौतम पनि सहभागी थिए।

     

    प्रतिनिधिमण्डलमा सहभागी कर्मचारी नेता जनकबहादुर रावलका अनुसार, गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्ट, एकीकृत निजामती कर्मचारी संगठनका अध्यक्ष गगनसिंह विष्ट र नेपाल मधेसी कर्मचारी संघका अध्यक्ष विजयकुमार यादवलगायत करिब २५ जना पदाधिकारीको सहभागिता थियो।


    अर्थ चाैतारी
  • आइतबार, १४ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट