logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सिटिजन लाइफ इन्स्योरेन्सको ५.२६३२ प्रतिशत लाभांश पारित, सञ्चालकमा दुई जना निर्वाचित

    सिटिजन लाइफ इन्स्योरेन्सको ५.२६३२ प्रतिशत लाभांश पारित, सञ्चालकमा दुई जना निर्वाचित

    1.3K
    SHARES
    सिटिजन लाइफ इन्स्योरेन्सको ५.२६३२ प्रतिशत लाभांश पारित, सञ्चालकमा दुई जना निर्वाचित

    काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । माघ १४ गते सम्पन्न कम्पनीको सातौं वार्षिक साधारण सभाले प्रस्तावित ५.२६३२ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश पाउने भएका छन् ।



     

    बोनस सेयर वितरण पश्चात कम्पनीको तत्काल चुक्ता पुँजी वृद्धि हूने भएकोले सोही अनूसार कम्पनीको प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र संशोधित प्रबन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनूसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

     

    साथै, सभामा सर्वसाधारण सेयरधनी समूहबाट दुई जना दावा फुटी शेर्पा र भेज प्रसाद तिमिल्सिना सञ्चालकमा निर्विरोध निवार्चित भएका छन् । त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न श्री एस.ए.आर. एशोशियट्स् चार्टर्ड एकाउन्टेन्ट्सलाई कम्पनीको लेखापरीक्षकमा नियुक्ति गरेको छ ।

     

    यससँगै सिटिजन लाइफ आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारण सभा गर्ने पहिलो जीवन बीमा कम्पनी हुन सफल भएको छ । सभाले उक्त आवको वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धित अनूसुचीहरु सहितको वित्तीय विवरण पारित भएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १४ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट