logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • रंगुन खोला हाइड्रोपावरले साधारण सभामा आइपीओ निष्काशन प्रस्ताव पारित गर्ने

    रंगुन खोला हाइड्रोपावरले साधारण सभामा आइपीओ निष्काशन प्रस्ताव पारित गर्ने

    936
    SHARES
    रंगुन खोला हाइड्रोपावरले साधारण सभामा आइपीओ निष्काशन प्रस्ताव पारित गर्ने

    काठमाण्डौ । रंगुन खोला हाइड्रोपावर लिमिटेडले आगामी फागुन ९ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।



    सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा, काठमाण्डौमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।  सभाले आइपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । साथै सभाले गत आर्थिक वर्ष ०७९र८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

     

    सभाले सञ्चालक समिति गठन र स्वतन्त्र सञ्चालकको निर्वाचन लगायतका विभिन्न प्रस्ताव पारित गर्ने जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट